सुनचाँदी

सुनचाँदीको मूल्य घट्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

gold shop

७ असोज, काठमाडौं । लगातार दुई दिन बढेको सुनचाँदीमा गिरावट आएको छ । असोज ७ गते, बिहीबार सुन तोलामा ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुन पनि प्रतितोला ८९ हजार १५० रुपैयाँ तोकिएको छ । बुधबार भने सुन तोलामा ९०० रुपैयाँले उकालो लागेर प्रतितोला ९० हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो । बिहीबार चाँदीको मूल्य पनि घटेको छ ।

यस दिन चाँदी तोलामा १० रुपैयाँले ओरालो लागेर प्रतितोला एक हजार १५५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन भने चाँदीको मूल्य २५ रुपैयाँले बढेर प्रतितोला एक हजार १६५ रुपैयाँ तोकिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *