मुख्य समाचार

राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित

rastriya sabha

७ असोज, काठमाडौं । राष्ट्रियसभा बैठकले विनियोजन विधेयक, २०७८ लाई पारित गरेको छ । बिहीबार बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०७८ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

त्यस्तै, बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । त्यसअघि, बैठक प्रारम्भ हुनसाथ नेकपा (एमाले)का राष्ट्रियसभा सदस्यहरूले उठेर विरोध जनाएका थिए । बैठकमा एमाले सांसद कोमल ओलीले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै सभामुखले राजीनामा नदिएसम्म समस्याको समाधान नहुने बताएकी थिइन् ।

अध्यक्ष तिमिल्सिनाले संसद्मा देखिएको गतिरोधको अन्त्य गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । एमाले फुटाउन भूमिका खेलेको र आफ्ना १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै एमाले सांसदले संघीय संसद्का दुवै सदनमा निरन्तर विरोध गरिरहेका छन् । राष्ट्रियसभाको अर्को बैठक यही असोज ८ गते शुक्रबार बिहान ११ बजे बोलाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस