अर्थनीति

सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

राष्ट्रिय सभाबाट बजेट पारित
Budget

७ असोज, काठमाडौं । राष्ट्रिय सभाले बजेट पारित गरेर प्रतिनिधि सभामा फिर्ता पठाएसँगै सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्ने भएको छ ।  प्रतिनिधि सभाका सभामुख अग्नी सापकोटाले आजै बजेट प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउने तयारी गरेका छन् ।

राष्ट्रिय सभाले बजेटमा परिमार्जनका लागि सुझाव नदिई पास गरेर प्रतिनिधि सभामा पठाइदिएको हो । राष्ट्रिय सभाले पारित गरेको सूचना प्रतिनिधि सभाको बैठकमा सचिव गोपालनाथ योगीले जानकारी गराएका थिए । ‘बजेट प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउने तयारी छ’, सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले भने, ‘प्रमाणीकरण भए सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्छ ।’

प्रतिनिधि सभाले असोज ४ गते बजेट पारित गरेको थियो । राष्ट्रिय सभाले भने आजमात्रै उक्त बजेट पारित गरेको हो । बजेटका अन्य दुई विधेयक भने अझै पारित हुन बाँकी छ । करका दरसम्बन्धी व्यहोरा उल्लेख भएको आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधि सभाले पारित गरिसकेको छ । तर राष्ट्रिय सभाबाट उक्त विधेयक पारित हुन बाँकी छ ।

यी विधेयक पारित गर्न राष्ट्रिय सभाको बैठक असोज ८ गते शुक्रबार ११ बजेका लागि डाकिएको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस