७ असोज, काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर कारोबार रकमसँगै परिसूचक सामान्य बढेको छ । यस दिन अघिल्लो दिनको तुलनामा डेढ अर्बभन्दा धेरैले कारोबार रकम बढेको छ ।
हिजो ६ अर्ब १७ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज ७ अर्ब ७२ करोडको कारोबार भएको छ । नेप्से परिसूचक भने जम्मा २.७ अंकले मात्रै बढेको छ । यसअघि हिजो १०४ अंकले बजार बढेको थियो । सो अंकको वृद्धिपछि परिसूचक २८१९ अंकमा कायम भएको छ ।
परिसूचकमा सामान्य अंक बढे पनि बैंकिङ समूहले भने दोहोरो अंकको छलाङ मारेको छ । सो समूह ४७ अंक बढेको छ । सोबाहेक फाइनान्स समूह ८ अंकले बढेको छ । ब्यापार ४५, होटल तथा पर्यटन ९७, विकास बैंक ८०, जलविद्युत ७१, निर्जीवन बीमा ९२, उत्पादन ८०, अन्य २१, माइक्रोफाइनान्स ४६, जीवन बीमा ५१ र लगानी समूह २ अंकले घटेको छ ।
मनकामना स्मार्ट लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ । प्राइम लाइफ इन्स्योरेन्सको मूल्य ६ प्रतिशतले बढेको छ । बैंकमा नेपाल बैंकको मूल्य सबैभन्दा धेरै ५.५ प्रतिशतले बढेको छ । नेपाल बंगलादेश बैंकको ५.३ प्रतिशतले मूल्यले बढेको छ ।
यस दिन गुमाउनेमा हिमालयन पावर पार्टरका लगानीकर्ता अगाडि रहेको छ । सो कम्पनीको मूल्य ५ प्रतिशतले घटेको छ ।