
७ असोज, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्राधिकरणका पोल प्रयोग गरी बढेको भाडा सम्झौता नगर्ने र नतिर्ने कम्पनीहरूको इन्टरनेटको तार काट्ने भएको छ ।
यही असोज १५ गतेसम्म बढेको भाडा सम्झौता गर्न र पोलको भाडा बुझाउन प्राधिकरणले आज एक सूचना जारी गरेको छ । विद्युत् प्राधिकरणविरुद्धमा इन्टरनेटसम्बद्ध संस्थाहरूले आन्दोलनको तयारी गरिरहेका छन् ।
आन्दोलनको तयारी गर्नेहरूमा कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान महासंघ), इन्टरनेट सेवा प्रदायक संघ र केबल टीभी महासंघ छन् ।
प्रतिक्रिया दिनुहोस