
७ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विद्येयक २०७८ प्रमाणीकरण गरेकी छिन् । संसदको दुबै सदनको बैठकबाट पारित भएर आएको विद्येयक बिहीबार राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी हुन् ।
बजेट प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्न बाटो पनि खुलेको छ । बजेट पारित नहुँदा गत भदौ ३० गतेदेखि सरकारी कोषको रकम खर्च गर्न नमिल्ने गरि बजेट होलिडेको अवस्थामा पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस