८ असोज, काठमाडौं । मोरङको बूढीगंगा गाउँपालिका–१, शान्तिचोकमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मोरङकै बेलबारी नगरपालिका–८ का ५१ वर्षीय देवेन्द्र पन्तको मृत्यु भएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा विराटनगरस्थित कोसी अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
को१ख ७५४८ नम्बरको बसले हिजो साँझ करिब सवा ६ बजे पन्त सवार साइकललाई ठक्कर दिएको थियो । बससहित चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस