समाचार

दसैँसम्म बालबालिकाका लागि एक लाख खोप ल्याइनेछ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

umesh shrestha

८ असोज, चितवन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले १८ वर्षभन्दा मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको फाइजर र मोडेर्ना खोप आउँदो दसैँसम्म आइपुग्ने बताएका छन् ।

आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बालबालिकाका लागि मोडेर्ना र फाइजर खोप आउने सुनिश्चित भइसकेको बताए । एक लाख डोज मोडेर्ना खोप दसैँसम्म आइपुग्ने उनले जानकारी दिए । फाइजर खोप ल्याउने प्रक्रिया समेत अन्तिम चरणमा पुगिसकेको मन्त्री श्रेष्ठले बताए ।

आउँदो कात्तिक महिनाभित्र ३३ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप पाउने उनको भनाइ छ । पहाडी जिल्लाहरूलाई पूर्ण खोप बनाउने गरी अहिले कार्यक्रम सञ्चालन भइरहेको उनले बताए ।

फरक प्रसंगमा बोल्दै मन्त्री श्रेष्ठले सरकारले छिट्टै पूर्णता बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस