
८ असोज, काठमाडौं । अर्थ मन्त्रालयका राजस्व सचिव कृष्णहरि पुष्करले स्यानेटरी प्याडको भन्सार नबढेको बताएका छन् । सामाजिक सञ्जालममा स्टाटस लेख्दै आर्थिक ऐन २०७८ मा स्यानेटरी प्याडको भन्सार दर घटबढ नगरिएको स्पष्ट पारेका छन् ।
“नेपाल सरकारले अहिले स्यानेटरी प्याडमा कुनै कर, दस्तुर, महशुल बृद्दि गरेको छैन, बरु देशभित्र स्यानेटरी प्याडको उत्पादनलाई विशेष प्रोत्साहन गर्ने नीति लिइएको छ,” उनले भनेका छन् ।
सेनेटरी प्याडमा भन्सार बढाइएको भन्दै विभिन्न पक्ष आन्दोलित भएका छन् ।
प्रतिक्रिया दिनुहोस