८ असोज, काठमाडौं । कुमारी बैंकले महिलाहरूलाई अत्मरक्षा प्रशिक्षण दिएको छ । ‘आत्मरक्षाको माध्यमबाट महिला सशक्तिकरण’ उद्देश्यसहित बैंकको २०औँ वार्षिकोत्सवको अवसरमा आत्मरक्षासम्बन्धी प्रशिक्षण दिइएको हो ।
महिलाहरुलाई शारीरिक, मानसिक र भावनात्मक रूपमा सशक्त बनाई आत्मरक्षा गर्न सक्षम बनाउने एवं उपकरण र प्रविधिसँग परिचित गराई आत्ममनोबल उच्च बनाउने उद्देश्यसहित उक्त प्रशिक्षण सुरु गरिएको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस