
८ असोज, काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य तोलाको ८९ हजार कायम गरेको छ । बिहीरबार तोलाको ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार तोलामा ६०० रुपैयाँले सुनको मूल्य घटेको हो ।
यस्तै, तेजाबी सुनको मूल्य पनि घटेर तोलाको ८८ हजार ५५० कायम भएको महासंघले जनाएको छ ।
यस दिन चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेको छ । शुक्रबारका लागि चाँदीको मूल्य तोलाको ११ सय ६० कायम गरिएको महासंघले जनाएको छ । बिहीबार तोलाको ११ सय ५५ रुपैयाँ थियो ।
प्रतिक्रिया दिनुहोस