समाचार

सशस्त्र प्रहरीका ८ डिआइजीको सरुवा

apf

८ असोज, काठमाडौं । सशस्त्र प्रहरी बलका ११ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को काज सरुवा भएको छ । गृहमन्त्रालयले बिहीबार डिआइजीको काज सरुवा निकालेको हो ।

सरुवा अनुसार मन्दिप श्रेष्ठ नेपाल नं ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरबाट सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय सरुवा भएका छन् । यसैगरी, डिआइजी राजु अर्याल ९ नम्बर पशुपतिनाथ बाहिनी मुख्यालयबाट मानवश्रोत विभाग सरुवा भएका छन् ।

यस्तै, नारायणदत्त पौडेल मानवश्रोत विभाग, चन्द्र प्रकाश गौतम कार्य तथा सीमा सुरक्षा विभाग, वंशीराज दाहाल ९ नम्बर पशुपतिनाथ बाहिनी मुख्यालय, ई. किशोर प्रधान गढीमाई ३ नम्बर बाहिनी मुख्यालय मकवानपुर, कमल गिरी बराह बाहिनी १ नम्बर मुख्यालय सुनसरी, गणेश बहादुर ठाडा मगर २ नम्बर छिन्नामस्ता बाहिनीको मुख्यालय महोत्तरी सरुवा भएका छन् ।

त्यस्तै, कुल बहादुर नेम्वाङ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही, दुर्गा प्रसाद भट्टराई वैद्यनाथ बाहिनीको मुख्यालय केलाली र शम्भु सुवेदी मुक्तिनाथ बाहिनीको मुख्यालय कास्की सरुवा भएका छन् ।

notice 2 notice1

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *