बैँक / वित्त

ज्योति लाइफ इन्स्योरेन्स पाँचौ वर्षमा, यस्तो छ वित्तीय अवस्था ?

jyoti life

८ असोज, काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आजबाट चौथो वर्ष पुरा गरि पाँचौ वर्षमा प्रवेश गरेको छ ।

७३ जिल्लाको विभिन्न भागमा १२३ वटा शाखा संजाल विस्तार गरिसकेको ज्योति लाइफ सर्वाधिक ३५ वटा घातक रोग विरुद्ध ५० लाखसम्मको आर्थिक सुरक्षा दिने एक मात्र कम्पनी हो ।

कम्पनीले विभिन्न १० किसिमका आकर्षक जीबन बीमा योजना जारी गरिसकेको छ । हालसम्म कुल ७ अर्ब लगानी गरेको यस कम्पनीले आर्थिक वर्ष २०७७÷७८ मा ३.१० अर्ब कुल बिमा शुल्क सहित हालसम्म ६.९० अर्ब कुल बिमा शुल्क आर्जन गरिसकेको जनाएको छ ।

१० हजार भन्दा बढी सक्रिय अभिकर्ता रहेको कम्पनीको ९० हजार भन्दा बढी बिमित छन् । यसैगरी, सर्वसाधारणलाई ६६ करोडको सेयर जारी गरी कुल चुक्ता पुँजी २२० करोड कायम गरेको र ४ अर्बको जीबन बिमा कोष कायम गरेको कम्पनीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस