समाचार

बसन्त चौधरीको अवस्था गम्भीर छैन : नर्भिक अस्पताल

norvic hospital

८ असोज, काठमाडौं । नर्भिक अस्पतालले बसन्तकुमार चौधरीको अवस्था गम्भीर नरहेको जनाएको छ । शुक्रबार एक विज्ञप्ति जारी गरेर नर्भिक अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले हाल दुबईमा रहेका चौधरीको हृदयघातका कारण स्वास्थ्य अवस्था गम्भीर बनेको भन्ने आशयका समाचार ‘पूर्ण रूपमा’ सत्य नभएको जानकारी दिएका हुन् ।

“नर्भिकका संस्थापक बसन्तकुमार चौधरीलाई दुबईमा हृदयघात भई अवस्था गम्भीर बनेको भन्ने आशयका समाचारहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ । यो समाचार ‘पूर्ण रूपमा’ सत्य नभएको जानकारी गराउँदछौँ,” विज्ञप्तिमा भनिएको छ, “उहाँ निजी प्रयोजनका लागि दुबई जानुभएको र उहाँको स्वास्थ्य अवस्था गम्भीर नभएको जानकारी गराउँछौँ ।”

चौधरीलाई हृदयघात भएपछि दुबईको एक अस्पतालमा भर्ना गरिएको बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *