
९ असोज, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले १५.८७ प्रतिशत लाभांश दिने भएको छ ।
उक्त इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांशस्वरूप १५ प्रतिशत बोनस सेयर र ०.८७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
सोही आर्थिक वर्षमा आर्जन गरेको मुनाफाबाट १५.८७ प्रतिशत लाभांश दिने निर्णय कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गरेको हो ।
समितिले अघि सारेको सो प्रस्ताव इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गर्ने बाटो खुल्नेछ ।
प्रतिक्रिया दिनुहोस