९ असोज, काठमाडौं । नेपालमा थप ९५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ५७९ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा ९५३ जनाको नतिजा पोजिटिभ आएको हो । सात हजार ५० नमुनाको पीसीआर परीक्षण गर्दा ७९० र तीन हजार ५२९ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १६३ जनामा संक्रमण देखिएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ८७ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ७०० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।
प्रतिक्रिया दिनुहोस