सेयर मार्केट

आज साहस उर्जाको आईपीओमा आवेदन दिने अन्तिम दिन

ipo

१० असोज, काठमाडौं । असोज ६ गतेदेखि बिक्री खुला भएको साहस उर्जाको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असोज पहिलो सातादेखि ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता सेयर बिक्री खुलाएको थियो ।

तर, गत साताको शुक्रबारसम्ममा आईपीओमा करिब १८ लाख जनाको आवेदन परिसकेको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जानकारी दिएको छ । उर्जाको आईपीओमा सर्वसाधारणले १० कित्तादेखि १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

आईपीओ बाँडफाँडपछि कम्पनीको चुक्तापुँजी ३ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले हाल सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका र थुलुङ्ग दुधकोशी गाउँपालिकामा ८६ मेगावाट क्षमताको सोलु खोला दुधकोसी जलविद्युत आयोजना बनाइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस