समाचार

सरकारी छाप र हस्ताक्षर किर्ते मुद्दाका फरार पक्राउ

raju paudel

१० असोज, काठमाडौं । सरकारी छाप र हस्ताक्षर किर्ते मुद्दाका फरार अभियुक्तलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

उदयपुर घर भई बसुन्धारा बस्ने राजु पौडेललाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिए । अदालतले उनलाई  ११ महिना ८ दिन कैद र ५० रुपैयाँ जरिवाना हुने फैसला गरेको छ ।

फैसला कार्यान्वयनका लागी उनलाई आइतबार जिल्ला अदालतमा उपस्थित गराइने एसपी बस्नेतले बताए । ४० वर्षका पौडेल अदालतको फैसलापछि फरार थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *