
१० असोज, काठमाडौं । अनलाइन बजार दराजले आफ्नो वार्षिकोत्सव अभियान ‘दराज दसैँ धमाका’को घोषणा गरेको छ । यो अभियान आजदेखि सुरु भएको छ । जसमा ग्राहकहरूले १० लाखभन्दा बढी उत्पादनहरूमा ‘मज्जाको छुट’ पाउने कम्पनीले जनाएको छ ।
अभियानको मुख्य आकर्षणहरूमा निः शुल्क सिपिङ, अनलाइन प्रि–पेमेन्टमा २० प्रतिशत वा अधिकतम दुई हजार ५०० को छुट, पाँच हजारसम्मको मेगा भाउचर, ५० हजार मूल्यको उत्पादन एक रुपैयाँमा जित्ने मौका र बम्पर उपहारको रूपमा टीभीएस एनटर्क १२५ स्कुटर रहेको जनाएको छ ।
यस्तै, दराजको नयाँ लाइभ स्ट्रिमि सुविधाले ग्राहकहरूलाई अभियानको अवधिमा हरेक दिन भाउचर जित्ने अवसर रहेको कम्पनीले जनाएको छ । अभियानको अन्य हाइलाइटहरू भने रश आवर, इमेज रिभिउ एन्ड विन, नयाँ प्रयोगकर्ताको लागि भाउचर, खेल क्षेत्रहरू, फलो एन्ड विन, विक्रेता वाउचर र फटाफट डिल रहेको दराजले जनाएको छ ।
साथै, दसैँ धमाकामा सामसङदेखि एप्पल फोनहरूमा विशेष छुटहरू रहेका छ भने रियलमी सी २१ वाईको विशेष प्रक्षेपण हुने दराजले जनाएको छ । ग्राहकहरूले असोज १० दराजमा रियलमी सी २१ वाईको प्रिबुक गर्न सक्नेछन् । यस्तै, दराज दसैँ धमाकाका ग्राहकहरूले आधिकारिक ब्रान्डहरूमा पनि विभिन्न छुट पाउने कम्पनीले जनाएको छ ।