सुनचाँदी

आइतबार सुनको मूल्य स्थिर, चाँदीको मूल्य भने ओरालो लाग्याे

gold today price in nepal

१० असोज, काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य स्थिर रहेको छ । असोज १० गते, आइतबार चाँदीको मूल्य भने ओरालो लागेको छ ।

यस दिन सुन शुक्रबारकै मूल्यमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँमा खरिदबिक्री हुँदैछ । यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँ तोकिएको छ ।

आइतबार चाँदीको मूल्यमा सामान्य गिरावट देखिएको छ । महासंघको तथ्यांक अनुसार आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार १५० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो साताको अन्तिम कारोबार दिन, चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार १६० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *