
१० असोज, काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो २१औँ वार्षिकोत्सवको अवसरमा २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहार योजना ल्याएको छ । यो अफर असोज १७ गतेसम्मका लागि लागु रहनेछ ।
जसअन्तर्गत ग्राहकहरूले डेबिट वा क्रेडिट कार्डबाट पीओएस वा ई–कमर्स साइटमा कार्डबाट कम्तीमा तीन कारोबार गरी दैनिक २१० सम्म र अफर अवधिभर अधिकतम २,१०० सम्मको क्यास ब्याक पाउने बैंकले जनाएको छ ।
क्यास ब्याकको अतिरिक्त दैनिक आकर्षक उपहारहरू पनि जित्न सक्नेछन् । उपहारहरूमा अल्काटेलको ट्याब्लेट, सिजिको माइक्रोओभन, सामसङ माइक्रोओभन, इन्टेक्स ग्यास स्टोभ, पोलोरोइड क्यामरा, विभिन्न होटेल तथा रेस्टुरेन्टहरूबाट प्रि गिफ्ट कुपनहरू, ट्राभल प्याकेजहरू, फुडमाण्डुबाट गिफ्ट भौचर, भेस्पा स्कुटरको तर्फबाट हेल्मेट र ज्याकेटलगायत थ्रुपै उपहारहरू रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस