अर्थनीति

जलविद्युत कम्पनीले २०० प्रतिशतसम्म हकप्रद जारी गर्न सक्ने

Upper marsyangdi A hydropower

१० असोज, काठमाडौं । जलविद्युत कम्पनीले २ सय प्रतिशतसम्म हकप्रद जारी गर्ने सक्ने भएका छन् ।

विद्युत नियमन आयोगले विद्युतसम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमन सम्बन्धी निर्देशिका, २०७८ स्वीकृत गरेको हो । निर्देशिकामा विभिन्न सर्त तोकेर जलविद्युत कम्पनीले हकप्रद निष्कासन गर्ने सक्ने व्यवस्था गरेको हो ।

अनुमतिपत्र प्राप्त कम्पनीले आफू मुख्य कम्पनीको हैसियतमा एकाउन्न प्रतिशत वा सो भन्दा बढी सेयर रहनेगरी आफ्नो मातहतको आयोजनामा वा आफ्नो सहायक कम्पनीको आयोजनामा वा नयाँ सहायक कम्पनी स्थापना गरी आयोजना निर्माणको लागि संस्थागत लगानी गर्न हकप्रद शेयर निष्कासन गर्न सक्ने व्यवस्था गरिएको छ ।

यस्तै, आफू मुख्य कम्पनीको हैसियत हुने बाहेकका अन्य अनुपतिपत्र प्राप्त कम्पनीले निर्माण गरिरहेको वा गर्न गईरहेको आयोजनामा पचास प्रतिशतभन्दा कम सेयर लगानी गर्ने प्रयोजनका लागी हकप्रद सेयरको निष्कासन गर्न व्यवस्था निर्देशिकामा गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस