
१० असोज, काठमाडौं । लामो बन्दाबन्दीपछि भारत, महाराष्ट्रका फिल्म हलहरू पुनः खुल्ने भएका छन् । शनिबार महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले आउँदो अक्टोबर २२ तारिखदेखि महाराष्ट्रका हलहरू पुनः खोल्न अनुमति दिएका हुन् ।
मुख्यमन्त्रीको आधिकारिक ट्विटर ह्यान्डलबाट मराठीमा लेखिएको छ, “मुख्यमन्त्री उद्धव बालासाहेब ठाकरेले महाराष्ट्रमा चलचित्र र हलहरू अक्टोबर २२ देखि स्वास्थ्य मापदण्डहरू अपनाएर पुनः खोल्न अनुमति दिनुभएको छ । यसका लागि एसओपीको तयारी भइरहेको छ र चाँडै घोषणा गरिनेछ ।”
उक्त एसओपीमा हलहरू ५० प्रतिशत अकुपेन्सीमा मात्रै खुल्छ शतप्रतिशतमा नै खुल्छ भन्ने थाहा हुन्छ । पहिलो चरणपछि खोल्न अनुमति पाएको महाराष्ट्रका हलहरू दोस्रो चरणको संक्रमणपछि पुनः बन्द भएका थिए ।
प्रतिक्रिया दिनुहोस