समाचार

जनकपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Tipper aglagi

१० असोज, जनकपुरधाम । जनकपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

जनकपुर–ढलकेवर सडकखण्ड अन्तर्गत पिडारी चोकस्थित ना. ७ ख. ४७४१ नम्बर प्लेटको टिपरले मोटरसाइललाई ठक्कर दिँदा ४५ वर्षीय आन्नद किशोर दासको मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक प्रकाश राणाभाटले जानकारी दिए ।

उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि आक्रोशित बनेका स्थानीयले टिपरमा आगजनी गरेका छन् । घटनास्थल तनावग्रस्त भएपछि प्रहरी परिचालन गरिएको छ । अहिले त्यहाँको अवस्था सामान्य रहेको एसपी भाटले बताए ।

प्रहरीका अनुसार मृतक दास भारतीय नागरिक हुन् । टिपर चालक प्रहरीको नियन्त्रणमा छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस