समाचार

दसैँ लक्षित अग्रिम टिकट बुकिङ भोलिदेखि, अनलाइन टिकटमा जोड

sunsan buspark

१० असोज, काठमाडौं । सरकारले भोलि (सोमबार) देखि काठमाडौं उपत्यकाबाट दसैँमा घर जानेहरूका लागि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको विकास तथा प्रविधि समितिको बैठकले दसैँका लागि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।

यातायात व्यवस्था विभागले अग्रिम टिकट अनलाइन वा मोबाइल बैकिङबाट काट्न आग्रह गरेको छ । विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार मोबाइलबाट कनेक्ट आईपीएस, खल्ती, ईसेवा जस्ता डिजिटल विधिबाट टिकट खरिद गर्न सकिनेछ ।

‘‘अनलाइन टिकट काट्ने यात्रुलाई एक लिटरको एक बोतल पानीको व्यवस्था मिलाइने छ । दसैँको समयमा बिचौलियाहरू बीचमा आउने सम्भावना रहन्छ । सम्बन्धित टिकट काउन्टरको पोसाक लगाएका र परिचयपत्र भएका मानिसहरूबाट मात्रै टिकट काट्नुहोला,” महानिर्देशक घिमिरेले भने ।

विभागका अनुसार कोरोना महामारी र स्वास्थ्य मापद्धण्डलाई मध्येनजर गर्दै काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट बस छुट्नेछन् । पश्चिममा चल्ने सवारीको टिकट नयाँ बसपार्कबाट काट्न सकिनेछ । पूर्वमा चल्ने सवारी साधनका लागि कोटेश्वर, चाबहिलबाट टिकट काट्न सकिनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस