
१० असोज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ । कम्पनीको १० लाख ९३ हजार ७५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
सर्वसाधारणका लागि बिक्री खुलाएको ३ लाख ९५ हजार ७५० कित्ता र ७ लाख संस्थापक सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । आज सूचीकृत भएको कम्पनीको सेयर भोली सोमबारदेखि कारोबारमा आउनेछ ।
कम्पनीको आईपीओको सुरुवाती कारोबार १३२.६९ रुपैयाँदेखि ३९८.०७ रुपैयाँमा हुने छ ।
प्रतिक्रिया दिनुहोस