विश्व/प्रवास

इजरायली सेनाको कारबाहीमा पाँच प्लालेस्टाइन नागरिकको मृत्यु

Palestine

१० असोज, वेस्ट ब्याङ्कक । इजरायली सेनाको कारबाहीमा पाँच जना प्यालेस्टाइन नागरिक मारिएका छन् । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको छ । इजरायलले कब्जामा लिएको वेस्ट ब्याङ्कस्थित जेनिन र जेरुसेलममा इजरायली सेनाले रातभर कारबाही गरेको थियो ।

सो कारबाहीले आइतबार दुई पक्षबीच सशस्त्र झडपको स्थितिमा पुर्‍याएको थियो । झडपमा दुई जना इजरायली सैनिक गम्भीर घाइते भएका इजरायली सञ्चार माध्यमले जनाएका छन् । इजरायली सेनाले हमास कार्यकर्तालाई पक्राउ गर्ने उद्देश्यले कारबाही गरेको इजरायली सञ्चार माध्यमले जनाएका छन् । हमास प्यालेस्टाइनलाई इजरेलको कब्जाबाट मुक्त गर्न चाहन्छ ।

पाँच प्यालेस्टाइनीको मृत्युप्रति त्यहाँका प्रधानमन्त्रीले दुःख व्यक्त गरेका छन् । यहुदी, इसाई र मुस्लिमहरूको तिर्थ स्थल जेरुसेलम रहेको वेस्ट ब्याङ्क क्षेत्रलाई लिएर इजरायल र प्यालेस्टानइबीच विवाद छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *