११ असोज, काठमाडौं । विराटनगरमा अवतरण हुन नसकेको बुद्ध एयरको जहाज काठमाडौंमा अवतरण भएको छ ।
ल्याण्डिङ गियरमा समस्या भएपछि विराटनगर विमानस्थलमा अवतरण गर्न नसकेको जहाज काठमाडौं फर्किएको हो । जहाज केही समय काठमाडौंकै आकाशमा होल्ड भएको थियो ।
“भर्खर जहाज सुरक्षित ल्यान्ड भएको छ । के भएको हो हामी बुझ्ने प्रयास गरिरहेका छौं,” बुद्ध एयरका एक अधिकारीले भने ।
प्रतिक्रिया दिनुहोस