
११ असोज, काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडले आज (सोमबार)देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।
निष्कासन गरिने कुल सेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशतले हुने ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ७ लाख ४४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
सो सेयरमा सर्वसाधारणले असोज १४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा पूर्ण आवेदन नपरेमा असोज २५ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस