समाचार

दसैँका लागि टिकट बुकिङ खुला (फोटोफिचर)

sunsan buspark

११ असोज, काठमाडौं । सरकारले आजदेखि काठमाडौं उपत्यकाबाट दसैँमा घर जानेहरूका लागि अग्रिम टिकट बुकिङ खुलाएको छ । ठमाडौंको गोङगबु बसपार्कमा बिहानैदेखि टिकट बुकिङ गर्न आउनेहरुको आउने क्रम सुरु भएको छ ।

यातायात व्यवस्था विभागले अग्रिम टिकट अनलाइन वा मोबाइल बैकिङबाट काट्न आग्रह गरेको छ । विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार मोबाइलबाट कनेक्ट आईपीएस, खल्ती, ईसेवा जस्ता डिजिटल विधिबाट टिकट खरिद गर्न सकिनेछ ।

विभागका अनुसार कोरोना महामारी र स्वास्थ्य मापदण्डलाई मध्येनजर गर्दै काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट बस छुट्नेछन् । पश्चिममा चल्ने सवारीको टिकट नयाँ बसपार्कबाट काट्न सकिनेछ । पूर्वमा चल्ने सवारी साधनका लागि कोटेश्वर, चाबहिलबाट टिकट काट्न सकिनेछ ।

buspark ticket counter

ticket counter

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस