समाचार

चितवन राष्ट्रिय निकुञ्जमा पोथी गैंडा मृत फेला

Gaida Chitawan

११ असोज, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक पोथी गैंडा मृत फेला परेको छ ।

आज मध्यान्ह १२ बजे निकुञ्जको धोबा पोस्टबाट डेढ किलोमिटर दक्षिणपूर्व कोर इलाकाको घांँसे मैदानको रेवा खोलाको किनारमा अन्दाजी १० वर्षको गैंडा मृत फेला परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।

उनकाअनुसार शरीरमा फलामको रड रोपिएको अवस्थामा गैंडा फेला परेको हो । “धानबाली खानेक्रममा स्थानीयले रड घोपेर मरेको अनुमान गरेका छौँ,” उनले भने, “यस विषयमा थप अनुसन्धान गर्दैछौँ ।”

उनले गैंडा गएराति नै मरेको पनि बताए । “हिजोसम्म हामीले ट्«याकिङ गर्दा जिउंँदै थियो । आज मध्यान्हतिर झाडीमा मृत फेला पर्यो । मृतक गैंडाको खाग र खुर सुरक्षित छ,” बरालले भने ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *