विश्व/प्रवास

‘उत्तर कोरियाद्वारा फेरि जापानको समुद्रमा मिसाइल प्रहार’

kim jong un

१२ असोज, काठमाडौं । उत्तर कोरियाले एकपटक फेरि जापानको समुद्रमा मिसाइल प्रहार गरेको बताइएको छ ।

दक्षिण कोरियाको सेनाले उत्तर कोरियाले आज बिहान कम्तीमा एउटा मिसाइल प्रहार गरेको दाबी गरेको हो । त्यो मिसाइल जापानको समुद्रमा गएर खसेको उसको दाबी छ ।

उत्तर कोरियाले दक्षिण कोरियासित वार्ताको इच्छा देखाएको भनिएको भोलिपल्ट यो खबर सार्वजनिक भएको हो ।

बीबीसीका अनुसार यसअघि यही महिनामा उत्तर कोरियाले जापानकै समुद्रमा नयाँ क्रुज र ब्यालिस्टिक मिसाइल पनि प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस