समाचार

भक्तपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

bike accident

१२ असोज, काठमाडौं ।  भक्तपुरको सूर्यविनायक नगरपालिका–५, सल्लाघारी चोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

भक्तपुरको बालकोट बस्ने ४५ वर्षीय गणेश रजौराको मृत्यु भएको हो । रजौराको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । गए राति करिब पौने ९ बजे काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको ट्रकले प्रदेश ३ –०२ –००८ प २५०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुवै सवारीसाधन र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *