समाचार

देशभर बदली, भारी वर्षाको सम्भावना न्यून

cloudy weather

१२ असोज, काठमाडौं । हाल मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतिर रहेकाले भारी वर्षा नहुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सक्रिय मनसुनको अन्तिमतिर आएकाले अब भारी वर्षाको सम्भावना कम हुँदै जाने मौसमविद् प्रतिभा मानन्धर बताउँछिन् ।

“असोज ८ गते बंगालको खाडीमा गहिरो न्यून चापीय क्षेत्र बन्न सुरु भएर ९ गते बनेको गुलाब नामक शक्तिशाली चक्रवात आश्विन १० गते उडिसाको जमिनमा अवतरण भई हाल न्यून चापिय क्षेत्रको रुपमा पश्चिमतर्फ अगाडि बढिरहेको छ,” विभागले भनेको छ, “यसको अप्रत्यक्ष परिधीय असरका कारण नेपालमा आंशिकदेखि सामान्य बदलीको अवस्था हुन सक्ने तर भारी वर्षा हुने संभावमा भने न्यून छ ।”

आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भएको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस