मनोरञ्जन ताजा समाचार

चलचित्र ‘अञ्जली’को छायांकन उपत्यकामा, आगामी मंसिरमा रिलिज हुने

Anjali

१२ असोज, काठमाडौं । चलचित्र ‘अञ्जली’ हाल उपत्यकाका विभिन्न स्थानमा छायांकन भइरहेको छ । घरेलु हिंसा तथा बालबालिका अपहरणलाई मुख्य विषय बनाइएको चलचित्रमा कथा र निर्देशन दिनेश लिङ्देनको रहेको छ ।

फाल्गुनन्द लिङ्देन फिल्मस्ले निर्माण गरिरहेको चलचित्रमा एलिना बासकोटा, दिक्पाल कार्की, विमला खजुम लिम्बू, हाङ चेम्जोङ, विमला गिरी, यासेली योङहाङ, शर्मिला शर्मालगायत चलचित्रको अभिनय निर्माण पक्षले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सुशील अधिकारीको छायांकन, पुन्य ओझाको द्वन्द्व, दिनेश माङमुको नृत्य रहेको चलचित्रमा कविता राई लिङ्देन, मणि ताम्लिङ र राम दाहाल निर्माता छन् । फिल्म आगामी मंसिरमा रिलिज हुने बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस