समाचार

२४ घण्टामा १ हजार १५८ संक्रमित थपिए, १२ जनाको मृत्यु

corona test nepal

१२ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार १५८ जना कोरोना संक्रमित थपिएका छन् । १४ हजार तीनवटा स्वाब नमुनाको परीक्षण गर्दा एक हजार १५८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाका १२ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ११५ पुगेको छ ।

यो अवधिमा देशभर एक हजार ३१८ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १८ हजार ४२२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *