
१२ असोज, काठमाडौं । नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले नेपालीहरुको महान चाड दसैँ, तिहार र छठलाई लक्षित गर्दै “होन्डाको फेस्टिभ बोनान्जा” ग्राहक माझ ल्याएको छ ।
यस उत्सवमा नयाँ होन्डा कार खरिद गर्ने ग्राहकहरुले हात खाली नजाने गरी २ लाखसम्मको नगद छुट, १ वर्षसम्मको लागि फ्रि इन्स्योरेन्स, १ वर्षसम्मको लागि फ्रि रोड ट्याक्स, ३ वर्षसम्मको लागि फ्रि सर्भिसिङ्ग, ३ वर्षसम्मको लागि स्पेयर पार्टस्मा ७%को छुटका साथै अन्य धेरै फ्रि आकर्षक उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
यसका साथै हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले ३.५ लाखसम्मको क्यास ब्याक प्राप्त गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस