सूचना प्रविधि

एसियाको उत्कृष्ट १५ मा भैरव टेक्नोलोजी

Vairav

१३ असोज, काठमाडौं । नेपालको भैरव टेक्नोलोजी विश्वका उत्कृष्ट २५० म्यानेज्ड सेक्यूरिटी सर्भिस प्रोभाइडर (एमएसएसपी)मध्ये १५१औं स्थानमा अटाएको छ ।

यस्तै, कम्पनी एसियातर्फ उत्कृष्ट १५ मा अटाएको छ । सन् २०१८ मा नेपालमा स्थापना भएको भैरव टेक्नोलोजीले स्थापना कालदेखि नै राष्ट्रिय र बहुराष्ट्रिय कम्पनीहरुलाई उत्कृष्ट साईबर सेक्युरिटी सोलुसनहरु प्रदान गर्दै आएको छ ।

टेक्नोलोजीले आर्टिफिसियल इन्टेलिजेन्ससहितको सेक्युरिटी अपरेशन सेन्टरको साईबर थे्रट मनिटरिङ सिस्टमद्वारा कम्पनीहरुलाई सुरक्षा प्रदान गर्छ । यस्तै, २४ सै घण्टा ग्राहक कम्पनीहरुलाई उच्चस्तरीय साईबर सुरक्षा दिने काम गर्दै आएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस