कर्पोरेट

टाटा मोटर्सले ल्यायो नयाँ एनआरजी

tata

१३ असोज, काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले ‘नयाँ फरएभर रेञ्ज’अन्तर्गतको नयाँ गाडी एनआरजीको नेपाली बजारमा सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यक्षमता र आकर्षक डिजाइन भएको यो गाडी, ह्याचब्याकमा एसयूभीको जस्तै ड्राइभिङ अनुभव गर्न चाहने युवा ग्राहकतर्फ लक्षित रहेको कम्पनीले जनाएको छ ।

‘अर्बन टफरोडर’ को रूपमा प्रस्तुत गरिएको स्वरूप विशेष खालको छ भने यसको बाहिरी बनावट बलियो र ग्राउन्ड क्लेरेन्स उच्च रहेको जनाइएको छ । सेफ्टीको लागि ग्लोबल एनक्यापमा फोर स्टार सेफ्टी रेटिङ प्राप्त यो नयाँ गाडी विभिन्न चारवटा फरेस्ट ग्रीन, फायर रेड, स्नो ह्वाइट र क्लाउडी ग्रे रङहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यो गाडी टेस्ट ड्राइभको लागि सिप्रदीका नेपालभरका शो रुमहरूमा उपलब्ध रहेको पनि कम्पनीले जनाएको छ ।

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले टाटा एनआरजी नेपाली बजारको लागि विल्कुलै नयाँ र विशेष गाडी भएको बताए । पुस स्टार्ट बटन, रिएर पार्किङ क्यामेरा र अटो फोल्ड ओआरभीएमजस्ता विशेषताहरूले यसको आकर्षणमा नयाँ आयाम थपेको कम्पनीले जनाएको छ । १२०० सीसीको इन्जिन क्षमतासहित म्यानुअल र एटिएम ट्रान्समिसन रहेको कम्पनीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस