समाचार

एमसीसी खारेजीको माग गर्दै राप्रपाका नेता–कार्यकर्ता सडकमा

mcc protest

१३ असोज, काठमाडौं । एमसीसी खारेजी तथा महँगी नियन्त्रण गर्नुपर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता–कार्यकर्ताले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

बुधबार काठमाडौंको माइतीघरबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वर पुगेर समापन भएको थियो । प्रदर्शनकारीले अमेरिकी सहायता परियोजना (एमसीसी) राष्ट्रघाती भएकोले त्यसको खारेजी गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए ।

त्यस्तै, उनीहरूले ‘महँगी नियनत्रण गर’, ‘भष्ट्राचारीलाई कारबाही गर’लगायत नारा लगाएका थिए ।

प्रदर्शनपछि उनीहरूले एमसीसी खारेजीका साथै महँगी नियन्त्रण गर्नुपर्नेलगायत माग राख्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस