कर्पोरेट

सानिमा बैंकको रेमिट्यान्स मुद्दती खातामा १०.५१ प्रतिशतसम्म मासिक ब्याज

sanima

१४ असोज, काठमाडौं । सानिमा बैंकले दसैँ बम्पर योजनाअन्तर्गत रेमिट्यान्स मुद्दती खातामा १०.५१ प्रतिशतसम्म उच्च ब्याजदर मासिक रूपमा प्रदान गर्ने भएको छ ।

यही असोज १ गतेदेखि लागु भएको सो योजनामा विदेशबाट सानिमा एक्सप्रेस वा स्वीफ्टमार्फत बैंकमा पठाएको रकमलाई रेमिट्यान्स मुद्दती खातामा परिमार्जन गर्दा बैंकले १०.५१ प्रतिशतसम्म उच्च ब्याजदर दिइरहेको जनाइएको छ ।

साथै, बैंक खाता खोल्दा पहिलो वर्षका लागि डेबिट र क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, मेरो सेयर, डिम्याट खाता, अमेरिकी डलर ई–कार्ड निःशुल्क प्रदान गरिने बैंकले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस