
१४ असोज, काठमाडौं । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)बाट रमेशप्रसाद जोशीले राजीनामा दिएका छन् ।
बैंक सञ्चालक समितिको बैठकले आउँदो कात्तिक १ गतेदेखि लागु हुने गरी उनको राजीनामा स्वीकृत गरेको छ । कात्तिक १ देखि नै लागु हुने गरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीलाई कायममुकाय प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरिएको हो ।
उनको आउँदो माघमा चारवर्षे कार्यकाल पूरा हुँदै थियो । जोशीले कार्यकाल पूरा हुनु केही महिनाअघि राजीनामा दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस