समाचार

दसैँ, तिहार व्यापार मेला सिटी सेन्टरमा सुरु

mela

१४ असोज, काठमाडौं । नेपाल महिला चेम्बरको सक्रियतामा नेपालमा उत्पादित अर्गानिक कृषि उत्पादन तथा अन्य उपभोग्य वस्तुहरूको प्रवर्द्धनको लागि व्यापार मेला सुरु भएको छ ।

कमलपोखरीस्थित सिटी सेन्टरमा सुरु भएको उक्त व्यापार मेलाको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले देशमा उत्पादन वृद्धि गर्दै रोजगारीको अवसर सिर्जना गरी आत्मनिर्भर बन्न महिला उद्यमी कर्मक्षेत्रमा लाग्नुपर्ने बताए । “कोभिड–१९ को संक्रमणबाट डराएर बस्ने हैन, महामारीसँगै लड्दै व्यापार–व्यवसायको प्रवर्द्धन गर्दै स्थानीय उत्पादनलाई बढावा दिँदै जानुपर्छ,” उनले भने ।

नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिला उद्यमिहरूको अग्रसरतामा भएको यस प्रकारको व्यापार मेलाले महिला सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताइन् । “कोभिड–१९ ले थला परेको अर्थतन्त्रलाई अगाडि बढाउनुका साथै साना उद्यमी, व्यवसायलाई उत्थान गर्नमा यस व्यापार मेलाले सहयोग पुग्ने विश्वास लिएका छौँ,” उनले भनिन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस