१४ असोज, काठमाडौं । ई–कमर्स कम्पनी स्मार्टडोकोले चाडपर्वलक्षित ‘स्मार्ट दसैँ अफर’ ल्याएको छ ।
हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाइन भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक (रु ७५० सम्म), साथै बैंक अफ काठमाण्डूको डेबिट र क्रेडिट कार्डबाट अनलाइन भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक (रु १,५०० सम्म) र माछापुच्छ्रे बैंकको डेबिट र क्रेडिट कार्डबाट अनलाइन भुक्तानी गर्दा दैनिक २१ प्रतिशत क्यासब्याक (रु २१० सम्म) पाउने जनाइएको छ ।
यो दसैँमा ग्राहकले दैनिक १० हजार रुपैयाँसम्मको आकर्षक उपहारसमेत जित्न सक्ने जनाइएको छ । यो अफर असोज १४ देखि असोज २१ सम्म मान्य हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस