बैँक / वित्त

हिमालयन बैंकको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ

Himalayan bank

१४ असोज, काठमाडौं । हिमालयन बैंकको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ चयन भएका छन् । बुधबार बसेको सञ्चालक समितिको बैठकबाट बैंकको अध्यक्षमा श्रेष्ठ चयन भएका हुन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर प्रक्रियामा रहेको बैंकको अध्यक्षको बागडोर पुन: श्रेष्ठ परिवारको हातमा पुगेको हो । बैंक सञ्चालक समितिको अध्यक्ष रहेको कर्मचारी सञ्चय कोष्का प्रशासक तुलसी प्रसाद गौतमलाई सरकारले  हटाएपछि अदालबाट पुनर्बहाली भएर आएका थिए ।

सञ्चायकोषका प्रशासकमा पुनर्बहाली भएपनि कोषको सञ्चालक समिति बैठकले  बैंकमा गौतको स्थानमा अर्को सञ्चालक पठाएपछि बैंकको अध्यक्ष रिक्त बनेको थियो । गौतम भन्दा अगाडि बैंकको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठका दाजु मनोज बहादुर श्रेष्ठ रहेका थिए ।

बैंकको अध्यक्ष बनेको प्रचण्ड बहादुर श्रेष्ठ बैंकको संस्थापक सेयरधनी एन  ट्रेडिङ कम्पनीबाट सञ्चालकमा प्रतिनिधित्व गरेका हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस