१४ असोज, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मास्क नलगाए सार्वजनिक सवारीसाधनमा चढ्न नपाइने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालद्वारा आज जारी आदेशानुसार यस्तो निर्णय गरिएको हो ।
‘‘यात्रुले अनिवार्य रूपमा मास्कको प्रयोग गर्नुपर्नेछ । कुल स्वीकृति सिटभन्दा बढी यात्रुहरु नचढाउने, चालक, सहचालकले अनिवार्य रूपमा मास्क, भाइजर र पञ्जा लगाउनुपर्नेछ । सवारीसाधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्नेछ । दैनिक सवारीसाधन स्यानिटाइज गर्नुपर्नेछ,” उनले भने ।
अनुगमनका क्रममा आदेश अवज्ञा भएको पाइएमा संक्रमण रोग ऐन, २०२० बमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस