विश्व/प्रवास

फ्रान्सका पूर्व राष्ट्रपति निकोसल सार्कोजीलाई एक वर्ष जेल सजाय

Franxce

१४ असोज, काठमाडौं । फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई पेरिसको एक अदालतले एक वर्ष सजाय तोकेको छ ।

सार्कोजीले सन् २०१२ मा भएको चुनावमा गैरकानूनी वित्तीय क्रियाकलाप गरेको भनी दोषी ठहर गर्दै सो सजाय सुनाएको हो । सो चुनावमा उनी पराजित भएका थिए । बिहीबार अदालतले एक वर्षे जेल सजाय सुनाएपनि ६६ वर्षीय सार्कोजी जेल भने जानुपर्ने छैन । उनले यस मुद्दामा माथिल्लो अदालतमा पुनरावेदन गर्ने भएपछि जेल जानबाट जोगिएका हुन् ।

तर, न्यायाधीशहरूले उनले विद्युतीय ट्याग लगाएर घरमै सजाय काट्न सक्ने बताएका छन् । सार्कोजी सन् २००७ देखि २०१२ सम्म फ्रान्सको राष्ट्रपति रहेका थिए । उनीमाथि निर्वाचनमा अधिकतम खर्च गर्न तोकिएको सीमाभन्दा लगभग दोब्बर २२.५ मिलियन यूरो (२६ मिलियन डलर) रकम खर्च गरेको आरोप लागेको थियो ।

उनले आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् । उनलाई एक अर्को मुद्दामा पनि तीन वर्षको जेल सजाय सुनाइएको थियो । त्यो मुद्दा पनि विचाराधीन रहेकोले जेल जानबाट जोगिएका छन् । फ्रान्समा अर्को वर्ष राष्ट्रपतिको चुनाव हुँदैछ । अदालतको पछिल्लो फैसलासँगै सार्कोजीको राजनीतिक भविष्य लगभग सकिएको बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *