
१५ असोज, काठमाडौं । नेपाली बजारमा तीन दिनसम्म घटेको सुनको मूल्य बढेको छ ।
हिजो (बिहीबार) ८८ हजार ७०० रुपैयाँ प्रतितोलामा किनबेच भएको छापावाल सुनको मूल्य आज ९०० रुपैयाँले बढेर ८९ हजार ६०० रुपैयाँ पुगेको हो । तेजाबी सुनको मूल्यपनि प्रतितोलामा ९०० रुपैयाँले नै बढेर ८९ हजार १५० रुपैयाँ पुगेको छ ।
हिजोको तुलनामा आज चाँदीको मूल्य पनि बढेको छ । हिजो १ हजार १२० रुपैयाँमा किनबेच भएको चाँदीको मूल्य आज २० रुपैयाँले बढेर १ हजार १४० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
सुनको मूल्य मंगलबारदेखि लगातार घटिरहेको थियो भने चाँदीको मूल्य पनि घट्दो क्रममा नै थियो ।
प्रतिक्रिया दिनुहोस