मुख्य समाचार

तस्बीर : नेकपा एमालेको प्रथम विधान महाधिवेशन

uml mahadhibesan

१५ असोज, काठमाडौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशन सुरु भएको छ । ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा आयोजित सो विधान महाधिवेशन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर र मोवाइलको बटम थिचेर लोगो अनावरण गर्दै उद्घाटन गरेका हुन् ।

विधान महाधिवेशनको अध्यक्ष मण्डल गठन गरिएको छ । अध्यक्षमा केपी शर्मा ओली छन् । उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य छन् । स्थायी कमिटी सदस्यहरु रामबहादुर थापा बादल, सुवास नेम्वाङ, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा अध्यक्ष मण्डलमा समेटिएका छन् । अध्यक्ष मण्डलमा भीम रावल भने समेटिएनन् ।

विधान महाधिवेशनमा देशभरका ६ हजार भन्दाबढी प्रतिनिधिहरु सहभागी भएका छन् । तीन दिनसम्म चल्ने महाधिवेशनको पहिलो दिन उद्घाटन सत्रमा आज नै अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गर्ने छन् ।

शनिबार समूहगत रुपमा छलफल गरी आवश्यक सुझावसहित ती प्रतिवेदनहरु पारित हुनेछन् । विधान महाधिवेशनले पार्टीको नीति र विधि तय गर्ने पार्टीका प्रवक्ता ज्ञवालीले बताए । एमालेले पहिलोपटक पार्टीको नीति निर्माणमा केन्द्रित भएर विधान महाधिवेशन आयोजना गरेको हो । एमालेको राष्ट्रिय महाधिवेशन मंसिरको दोस्रो आयोजना हुनेछ ।

uml mahadhibesan1

uml mahadhibesan2

uml mahadhibesan3

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *