मुख्य समाचार

एमाले केन्द्रीय सदस्यको उम्मेदवार हुन कम्तीमा १५ वर्ष सदस्य भएको हुनुपर्ने !

uml mahadhibesan

नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यको उम्मेदवार हुनका लागि कम्तीमा १५ वर्ष पार्टी सदस्य भएको हुनुपर्ने प्रस्ताव गरिएको छ । प्रस्तावित विधान संशोधनको प्रस्तावमा उक्त व्यवस्था गरिएको छ ।

“केन्द्रीय कमिटी सदस्यको उम्मेदवार हुनका लागि कम्तीमा १४ वर्ष पार्टी सदस्य भएको र केन्द्रीय कमिटी वा केन्द्रीय निकायको सदस्य वा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको सदस्य वा प्रदेश कमिटीको पदाधिकारी वा केन्द्रीय विभागको सचिन वा सदस्य वा प्रदेश कमिटीको सदस्य वा जिल्ला कमिटीको अध्यक्ष भई एक कार्यकाल वा जनसंगठनको पदाधिकारी भई दुई कार्यकाल काम गरेको हुनुपर्नेछ,” प्रस्तावित विधान संशोधन प्रस्तावमा भनिएको छ ।

ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा यसबारे छलफल हुनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *